दफा २८
मुद्दा चलाउने
(क) यो ऐनको कुरा भङ्ग गरे वापत कुनै व्यक्ति वा संस्था उपर मुद्दा चलाउन आवश्यक छ भन्ने काउन्सिलको राय भएमा सो काउन्सिलले मुद्दा चलाउने कुराको प्रस्ताव पारित गरी नेपाल सरकार छेउ पेश गर्न सक्नेछ ।
(ख) त्यस्तो मुद्दाको कारबाही चलाउनको लागि नेपाल सरकारले कुनै अधिकृतलाई लिखित रूपमा अख्तियार दिन सक्नेछ ।